३ चैत्र २०७२, बुधबार

पोखरामा जारी सार्क बिदेशमन्त्रीस्तरीय सम्मेलनमा आज सचिवस्तरीय बैठक जारी, भोलिको मन्त्रीस्तरिय बैठकलाई उपलब्धिपूर्ण बनाउन आठै देशका सचिवहरु सक्रिय 

;fs{ :yfoL ;ldltsf] a}7s 

blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_ sf] #& cf}F dlGqkl/ifb a}7ssf] k"j{;GWofdf a'waf/ ;fs{ :yfoL ;ldltsf] a}7s kf]v/fdf ;'? x'Fb} . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अन्तरगत आज तेस्रो दिन स्थायी समिति बैठक बसेको छ । बैठकमा भोलिको मन्त्रीस्तरिय बैठकलाई उपलब्धिपूर्ण बनाउन आठै देशका सचिवहरु सक्रिय छन् ।

बैठकको अन्तिम दिन भोलि परराष्ट्र मन्त्रीस्तरीय बैठक संचालन हुनेछ । परराष्ट्र मन्त्रीस्तरिय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद काजाई हिजै पोखरा पुगिसक्नु भएको छ । अन्य देशका परराष्ट्र मन्त्रीहरु पनि आउने क्रम जारी छ ।

बैठकको दोस्रो दिन हिजो आठ वटा एजेण्डालाई अन्तिम रुप दिइयो । बैठकले साउथ एशियन युनिभर्सिटी, सार्क डेभलपमेन्ट फन्ड, सार्क आर्विटेसन काउन्सिल, साउथ एशियन रिजनल स्टाण्डर्डस् अर्गनाइजेसन लगायत नयाँ विषयको रुपमा सामुदायिक वनको प्रतिवेदन उपर छलफल गरी एजेन्डालाई अन्तिम रुप दिएको संयोजक सहसचिव मणिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यसै गरि कृषि, भेटेनरी, कृषि बैक, योजनामा आधारित सहयोग, आतंकवाद र लागू औषध, सूचना र संचार, सार्क क्षेत्रीय केन्द्रको प्रशासन र आर्थिक विषय, सार्क इनर्जी सेन्टरको क्रियाकलाप, क्षेत्रीय योजना परिषद् स्थापना, सार्क क्यालेन्डर पुनरावलोकनबारे छलफल भएको पनि सहसचिव भट्टराईले बताउनुभयो ।

बैठक अध्यक्षता परराष्ट्र मन्त्रालय सार्क महाशाखा प्रमुख भट्टराईले गरेका थिए । बैठकमा फिप्टी–सेकेन्ड अफ द प्रोग्रामिङ कमिटी अन्तर्गत ८ राष्ट्रका परराष्ट्र मन्त्रालयका सहसचिव लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रत्येक सदस्य राष्ट्रबाट ३ देखि ५ जनासम्मको सहभागिता थियो । बैठकमा ३७ जना सहभागी थिए ।

 

LIVE TV