
बलिउड नायक ऋत्तीक रोशन र नायिका कंगना रनावतले एक अर्कालाइ लिगल नोटीश पठाएका छन ।पुर्ब पत्नी सुजैन संग सम्बन्ध बिग्रीए पछि कंगना रनावत संग निकटता बड्दै गएको चर्चा चल्दै गर्दा यि जोडि बिच अचानक कोल्ड वार शुरु भएको हो ।अहीले चर्का चर्की यति सम्म बड्यो कि दुबै ले लिगल नोटीसको सहारा लिएका छन ।
मिड डे को रीपोर्टका अनुसार ऋत्तीकले कंगनालाइ आफ्नो इमेज खराब गरेको आरोप लगाउदै लिगल नोटीस पठाएका छन ।कंगना रनावतले पनि आफ्नो वकिल रिजवान सिद्धीकी मार्फत एक्काइस पाना लामो जवाफ सहीतको लिगल नोटीस पठाएकि छिन ।केही दिन अघि मिडिया सामु कंगनाले ऋत्तीकलाइ सिल्ली एक्स भनेको कारण त्यसको लागि प्रेस मिट गरेर माफि माग्न पनि कंगना लाइ नोटीस मार्फत ऋत्तीकले भनेका छन ।कंगना रनावतले केही समय अघि दिएको अन्तरबार्तामा आशीकी तिनमा ऋत्तीक र कंगना जोडिको रुपमा निर्माण पक्षले फाइनल गरे पनि ऋत्तीकको अनुरोधमा नायिका बाट उनलाइ हटाइएको कंगनाले खुलासा गरेकी थिइन ।