३ चैत्र २०७२, बुधबार

अभियान चैत्र १ गते बाट शुरु भई चैत्र १४ गते सम्म हुने

voters-identity-card-640x250

निर्वाचन कार्यालय मुगुले सदरमुकाम गमगढीदेखी टाडा रहेका  गाबिसहरुमा फोटो सहितका मतदान नामावली संकलन अभियान सुरु गरेको छ । मुगुको कुल जनसंख्या ५५ हजार २ सय ८६ मध्ये पौष मसान्त सम्ममा २६ हजार  २ सय ८१ जनाले भने फोटोसहितकोे मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालय मुगुको बाषिक कार्याक्रम अनुसार जिल्ला सदरमुकाम देखी  २२ देखी २६ कोष टाडा रहेका गाबिसहरुमा फोटो सहितको मतदान नामावली अभियान शुरु गरिएको निर्वाचन कार्यालय मुगुका प्रमुख बिजय कुमार कार्कीले जानकारी दिनु भयो । फोटो सहितको मतदान नामावली  अभियान चैत्र १ र २ गते खत्याड भेगको हृायाङ्गलु , ४ गते  सुकाढीक , ७ र ८ गते श्रीकोट १० र ११ गते गम्था र १३ र १४ गते खमाले गाबिसमा सञ्चालन हुने छ । यसैगरी सोरु भेगको ४ र ५ गते नार्थपु, ७ गते फोतु १० गते जिमा गाबिसमा सन्चालन गर्ने समेत कार्यालय प्रमुख कार्कीले बताउनुभयो ।

यो अभियानमा स्थानिय पञ्जिका अधिकारीले दिएको बसाई सराईको प्रमाण पत्र, घर जग्गाको प्रमाण पत्र, बिवाह दर्ता प्रमाण पत्र, धारा, बिजुली आदीमा रकम तिरेको रसिद मध्य जुनसुकै प्रमाण पत्र कागजपत्र लिएर मतदाता नामवलीमा आ आफ्नो नाम दर्ता गराउन सकिने छ । यो अभियान चैत्र १ गते बाट शुरु भई चैत्र १४ गते सम्म हुने छ यस अभियानमा मूत्यू भएका र नाम ठेगाना फरक परेका मतदमताहरुले आफ्नो मतदाता नामावली सच्याउन पाउने छन ।

 

 

LIVE TV