३ चैत्र २०७२, बुधबार

म्यानचेस्टर सिटी, च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइलनमा प्रवेश, सिटी पहिलो पटक लिगको अन्तिम ८ मा पुग्न सफल

manchestar

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइलनमा प्रवेश गरेको छ । गएराति भएको प्रिक्वाटर फाइलनको दोस्रो लेगपछि सिटीले क्वाटरफाइलनमा स्थान बनाएको हो ।

म्यानचेस्टर सिटीले युक्रेनको क्लब डाइनामो किएभसँग मंगलबार राति भएको दोस्रो लेगमा गोलरहित बराबरी खेल्दै समग्रमा ३–१ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो । पहिलो लेगमा सिटी ३–१ ले विजयी भएको थियो । म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको क्वाटर फाइलनमा पुगेको हो । पहिलो लेगमा किएभमाथि सहज जित निकालेको भएपनि दोस्रो लेगमा सिटीले गोलका लागि निकै संघर्ष गरेपनि सफल हुन सकेन । सिटीले ६ पटक पोस्ट प्रहार गरेपनि गोल गर्न सकेन । समग्रमा जित निकाल्दै सिटी अन्तिम ८ मा पुगेपनि कप्तान कम्पोनी भने फेरि चोटग्रस्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV