३ चैत्र २०७२, बुधबार

मूलुकको सात ओटै प्रदेशमा १÷१ हजार बिघाका ठुला औधोगीक क्षेत्र स्थापना गर्ने कार्य कार्यन्वयनको चरणमा 

somnath pandey

काठमाडौँ,उद्योगमन्त्री सोमनाथ पाण्डेले मुलुक अझैपनि गरिबीको चपेटामा रहेको र यसलाई चिर्दै मुलुकको आर्थिक समृद्धिका लागि बिगतबाट पाठ सिक्दै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

यस अन्तर्गत मूलुकको सात ओटै प्रदेशमा १÷१ हजार बिघाका ठुला औधोगीक क्षेत्र स्थापना गर्ने कार्य कार्यन्वयनको चरणमा रहेको र  मन्त्रिपरिषद्को बैठकले निर्णय गरी पहिलो चरणमा झापाको दमकमा करिब ५ सय बिघा जग्गामा औद्योगीक क्षेत्र स्थापना थालिएको बताउनुभयो ।

साथै मुलुकको समृद्धिका लागि आर्थिक विकासमा जोड दिनुपर्ने  बताउनुभएको छ । मुलुकलाई आर्थिक समृद्धिमा अगाडि बढाउनको लागि सबैले संकल्प गर्नुपर्ने आबकश्यकता रहेको उहाँले औँल्याउनुभयो ।

उहाँले २०४० साल सम्ममा ११ ठाउँमा औद्योगीक क्षेत्र स्थापना भएको र त्यसयता औद्योगिक क्षेत्र स्थापना हुन नसकेको र अब यसलाई सक्रियताका साथ अगाडि बढाउने बताउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV