३ चैत्र २०७२, बुधबार

पोखरामा जारी सार्क मन्त्रिपरिषदको बैठकका क्रममा वार्ता हुनसक्ने

bharat pakistan

नयाँ दिल्ली, भारत र पाकिस्तानका विदेशमन्त्रीस्तरीय वार्ता बिहीबार काठमाडौंमा हुनसक्ने अनुमान गरिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेशमामिलासम्बन्धी सल्लाहकार सरताज अजिजबीच नेपालमा वार्ता हुनसक्ने  भारतीय विदेशमन्त्रालयको  स्रोतले दिएको छ ।

स्रोतकाअनुसार नेपालको पोखरामा हुन लागेको सार्क मन्त्रिपरिषदको बैठकका क्रममा उहाँहरुबीच अलग्गै भेटवार्ता हुनसक्ने समाचारमा जनाइएकोछ ।

यसअघि भारतमा केही समयअघि इीनडयन एयर बेसमा भएको आतङ्ककारी हमलापछि भारत र पाकिस्तानका विदेशसचिवस्तरीय वार्ताको कार्यक्रम तय भएर पनि रोकिएको थियो ।

उक्त वार्तालाई निरन्तरता दिने विषयमा पनि उहाँहरुबीचको यस भेटका क्रममा छलफल हुने जानकारी नाम नबताउने शर्तमा भारतीय विदेशमन्त्रालयको स्रोतले जनाएको छ ।

आगामी वर्ष पाकिस्तानमा हुने सार्क सम्मेलनका विषयमा यस मन्त्रिपरिषद बैठकमा छलफल हुने छ । तर यी दुई देशको वार्ताको औपचारिक एजेण्डा के हुनेछ भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

पाकिस्तानी प्रधानमन्त्रीका विदेशमामिलासम्बन्धी सल्लाहकार सर्ताज अजिजले भने पाकिस्तानी प्रधानमन्त्रीका तर्फबाट आगामी १९ औं सार्क शिखर सम्मेलनमा सहभागिताका लागि उपस्थित हुन आमन्त्रण गर्नुहुने जनाइएको छ ।

तर सम्भावित त्यस वार्ताको औपचारिक एजेण्डा भने केही तय भएको छैन ।

 

 

रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV