
पोखरामा जारी सार्क बिदेशमन्त्रीस्तरीय सम्मेलन अन्तर्गत आज सचिवस्तरीय बैठक सुरु, भोलिको मन्त्रीस्तरिय बैठकलाई उपलब्धिपूर्ण बनाउन आठै देशका सचिवहरु सक्रिय ।
पोखरामा जारी सार्क बिदेशमन्त्रीस्तरीय सम्मेलन अन्तर्गत सचिवस्तरीय बैठक आजबाट सुरु भएको छ । बैठकका लागि नेपालसहित आठै देशका प्रतिनिधि पोखरा पुगेका छन् ।
आज बस्ने बैठकमा अघिल्लो दुई दिनमा भएको बैठकबाट निस्किएका निचोडमा छलफल गरेर निर्णयमा पुग्ने लक्ष्य छ । सहसचिवस्तरीय बैठकमा साउथ एसिएन युनिभर्सिटी, सार्क डेभलेपमेन्ट फन्ड, सार्क क्षेत्रीय अर्गनाइजेसनको विषयमा छलफल भएको थियो । विशेष गरी कृषि, पशुजन्य बीउ बैंक र सहकार्यमा आधारित परियोजना सञ्चालन, आतंककारी र लागूऔषध, सूचना तथा सञ्चार विषयमा छलफल गरिएको थियो । सहसचिवस्तरीय बैठकले सार्क विश्वविद्यालयमा अन्डर ग्राजुयट शैक्षिक कार्यक्रम शुरु गर्ने निर्देश गरेको छ ।