३ चैत्र २०७२, बुधबार

रंगहरुको पर्व होली आजदेखि सुरु, काठमाण्डौको बसन्तपुरमा रंगीचंगी तीन तले बाँसको चीर ठड्याएर होली पर्वको बिधिवत आरम्भ ।

Chir-(1)-1000x0

काठमाडौँ,  रङहरुको पर्व होली आजदेखि बिधिवत सुरु भएको छ । हनुमानढोकाको दक्षिणतर्फ वसन्तपुरमा आज तीनतले चीर ठड्याएर मुलुकभर होली पर्वको बिधिवत सुरु गरिएको हो ।

बिहान ७ बजेर ४७ मिनेटको साइतमा चीर ठड्याएर हाली पर्व सुरु गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीन तले चीर ठड्याइएसँगै मुलुकभर होलीको माहोल सुरु हुने विश्वास गरिन्छ । वसन्त ऋतुको स्वागतसँगै यो साताव्यापी खेल्ने चलन छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्त उत्सव वा मदन उत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै, नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पु¥याई चीर दाह गरेपछि होली पर्व समाप्त हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV