३ चैत्र २०७२, बुधबार

फिल्म ‘आशिकी’ को तेस्रो सिक्वेल फिल्म ‘आशिकी ३’ मा रितिक रोशन र आलिया भट्टले अभिनय गर्ने भन्ने समाचारलाई आलिया भट्टले खण्डन गरेकी छिन् । आलियाको आफ्नै पिता महेश भट्टले निर्माण गर्न लागेका तेस्रो सिक्वेल फिल्म ‘आशिकी ३’ फिल्ममा रितिक र आलियाले अभिनय गर्ने भन्ने समाचारहरु मिडिया केहि समय अघि आएको थियो । यसै कुराको आलियाले खण्डन गरेकी हुन् ।
Alia Bhatt Hot4
आलियाले अभिनय गरेकी फिल्म कपुर एण्ड सन फिल्मको प्रोमोशनको दौरानमा उनले “‘आशिकी ३’ तिन फिल्मको बारेमा केहि थाहा छैन, मलाई यस्तो केहि अफर आएको छैन” भनेकी हुन् । आलियाले करन जोहरको फिल्म स्टुडेण्ट अफ द इयर बाट बलिउड फिल्म ईन्डष्ट्रिमा करीअर सुरु गरेकी थिईन् । सकुन बत्राले निर्देशन गरेको फिल्म कपुर एण्ड सन फिल्ममा आलियाको साथमा सिद्धार्थ र फवाद खानले पनि अभिनय गरेका छन् । आशिकी सिरीजको पहिलो फिल्म १९९० मा आएको थियो । फिल्ममा अनु अग्रवाल र राहुल रायले अभिनय गरेका थिए । त्यस्तै दोस्रो सिक्वेल फिल्म आशिकी २, २०१३ मा आएको थियो, जस्मा श्रद्धा कपुर र आदित्य राय कपुरले अभिनय गरेका थिए । अब बन्न लागेको तेस्रो सिक्वेल फिल्म ‘आशिकी ३’ चाहि कहिले आउने हो, यो दर्शकहरुको लागि पर्खाईको फिल्म भएको छ ।
1442489315-IndiaTv4f0252_1440210962-IndiaTv00bdaa_alia-bhatt-hot-photos-26

Alia-Bhatt-Hot-Mobile-Wallpapers

प्रतिक्रिया दिनुहोस्

LIVE TV