३ चैत्र २०७२, बुधबार

१. पोखरामा जारी सार्क बिदेशमन्त्रीस्तरीय सम्मेलन अन्तर्गत आज सचिवस्तरीय बैठक हँुदै, नेपालसहित अन्य सातै देशका प्रतिनिधि पोखरामा ।
२. कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यहरुले आज पदभार ग्रहण गर्दै, नेता रामचन्द्र पौडेलसहित ६ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनित गर्ने तयारी ।
३. न्यायपरिषदले न्यायाधीश नियुक्तिको पुरानै सिफारिससहितको पत्र संसदलाई पठायो, संसदीय सुनुवाईबाट सिफारिस व्यक्तिहरुको अनुमोदन प्रक्रिया अघि बढ्ने ।
४. म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइलनमा प्रवेश, सिटी पहिलो पटक लिगको अन्तिम ८ मा पुग्न सफल ।
५. र, साउदी अरेबीया नेतृत्वको सेनाको हवाई आक्रमणबाट यमनमा ४१ जना सर्वसाधारणको मृत्यु, ज्यान गुमाउनेमा अधिकांश बालबालिका ।

morning news

LIVE TV