३ चैत्र २०७२, बुधबार

नेता रामचन्द्र पौडेलसहित ६ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरिने

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण आज हुँदैछ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधवार बेलुका ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको पार्टी कार्यालयले जनाएको छ । कांग्रेस महाधिवेशन सम्पन्न गर्न गठित केन्द्रीय निर्वाचन समितिले देउवासहित कार्यसमितिमा चयन भएका ६४ जनालाई बुधबार अपरान्ह प्रमाणपत्र दिनेछ । त्यस्तै, कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेलसहित ६ जनालाई बुधबार केन्द्रीय कार्यसमितिमा मनोनित गर्नुहुने भएको छ । कार्यक्रमपछि देउवाले पौडेललाई कार्यसमितिमा आफूपछि दोस्रो वरियताक्रममा रहने गरी सदस्य मनोनित गर्ने संभावना रहेको बुझिएको छ ।

bipismriti
कांग्रेसमा नयाँ नेतृत्वका लागि यही फागुन २३ गते भएको निर्वाचनका सबै पदको मतगणना सोमबार बेलुका मात्र सम्पन्न भएको थियो । कांग्रेसमा महाधिवेशन अन्तर्गत सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्यका लागि निर्वाचन भएको थियो ।

LIVE TV