
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सचिवस्तरीय बैठक आज बस्दै छ ।
बैठकका लागि नेपालसहितका अन्य सातै देशका प्रतिनिधि पोखरा पुगेका छन् । आज बस्ने बैठकमा अघिल्लो दुई दिनमा भएको बैठकबाट निस्किएका निचोडमा छलफल गरेर निर्णयमा पुग्ने लक्ष्य छ ।
सहसचिवस्तरीय बैठकमा साउथ एसिएन युनिभर्सिटी, सार्क डेभलेपमेन्ट फन्ड, सार्क क्षेत्रीय अर्गनाइजेसनको विषयमा छलफल भएको थियो ।
विशेष गरी कृषि, पशुजन्य बीउ बैंक र सहकार्यमा आधारित परियोजना सञ्चालन, आतंककारी र लागूऔषध, सूचना तथा सञ्चार विषयमा छलफल गरिएको थियो । सहसचिवस्तरीय बैठकले सार्क विश्वविद्यालयमा अन्डर ग्राजुयट शैक्षिक कार्यक्रम शुरु गर्ने निर्देश गरेको छ ।
सार्क मन्त्रीस्तरीय बैठक भने भोली बस्ने कार्यक्रम रहेको छ । जसको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नै कार्यक्रम रहेको छ ।