
कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि नै पदाधिकारीमा पराजित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन् ।
स्रोतका अनुसार देउवाले बुधबार निर्वाचन समितिले दिएको प्रमाणपत्र बुझेलगत्तै पार्टी विधानअनुसार सभापतिमा पराजित दुई, महामन्त्रीमा पराजित दुई र कोषाध्यक्षमा पराजित दुईका साथै बिरामी परेर उपचाररत नरहरि आचार्यलाई केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।