३ चैत्र २०७२, बुधबार

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशको लागि पुरानै ११ जनाको नाममा संसदीय सुनुवाइ गर्न मंगलबार फेरि संसद् सचिवालयमा पत्र पठाएको सभामुख ओनसरी घर्तीमगरले फेरि सिफारिस आए प्रक्रिया अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिएपछि न्याय परिषद्ले पुरानै नाम यथावत राखेर पत्र पठाएको हो ।

supreme1

‘न्याय परिषद्को पत्र प्राप्त भएकोछ,’ संसद्का सचिव मुकुन्द शर्माले भने । संसद्को नियमावली बनिनसकेको, सुनुवाई समिति गठन भइनसकेको भन्दै यसअघि सभामुख घर्तीमगरले परिषद्को पत्र फिर्ता गरेकी थिइन् । सभामुखको कदमले सत्ता गठबन्धन भित्रै तीव्र विवाद चुलिएपछि बीचको बाटो अपनाउँदै परिषद्ले फेरि सिफारिस गर्ने र त्यसलाई प्रक्रियामा लैजाने सहमति सरकार र सभामुखबीच भएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

LIVE TV