२ चैत्र २०७२, मंगलवार

धूमपानलाई मुख्यरूपमा फोक्सोको रोगसँग जोडेर हेरिन्छ ।  फोक्सोको क्यान्सर, मुखको क्यान्सर र मुटु रोग आदिमा धूमपान कारकतìव मानिएको छ तर, धूमपानले कम्मरको पीडा पनि उत्पन्न गर्नसक्छ ।  धूमपान गर्नेहरूको कम्मर दुख्ने समस्या तुलनात्मकरूपमा बढी हुन्छ ।  अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयद्वारा गरिएको एक नयाँ अनुसन्धानले धूमपान गर्नेहरूको कम्मरमा जोरसँग पीडा हुने र धूमपान त्यागे सो पीडा कम हुँदै जाने जानकारी दिएको छ ।

493x335_what_is_the_leading_cause_of_back_pain_video

धूमपान र कम्मरको दुखाईबीच सम्बन्ध स्थापित गर्ने यो पहिलो अनुसन्धान होइन तर, बोदान पेट्रीको नेतृत्वमा भएको नविन अनुसन्धानले धूमपानका कारण पीडासँग जोडिएको मस्तिष्कको सर्किटमा प्रभाव पर्ने र त्यसबाट धूमपान गर्नेहरूको कम्मर जोरले दुख्ने सम्भावना बढ्छ ।  ह्युम्यान ब्रेन म्यापिङ जर्नलमा जनाइएअनुसार धूमपान त्यागेमा धूमपान गर्नेहरूले कम्मरको पीडाबाट मुक्ति पाउन सक्छन् ।  अनुसन्धान टोलीले कम्मरको दुखाईबाट पीडित एक सय ६० जनामाथि अनुसन्धान गरेको थियो ।  उनीहरूलाई चार देखि १२ हप्तासम्म कम्मरको पीडाले निरन्तर सताउने गथ्र्यो ।  यसअतिरिक्त कम्मरको पीडाले विगत पाँच वर्षदेखि पीडित ३२ जना र ३५ जना स्वस्थ मानिसलाई अनुसन्धानमा समावेश गरिएको थियो ।

धूमपान गर्ने मानिसको मस्तिष्कको स्क्यान गरेर हेर्दा पीडाहरण गर्ने क्रिया कमजोर परेको तथ्य अनुसन्धान टोलीले थाहा पाएको थियो ।  एजेन्सी

LIVE TV