२ चैत्र २०७२, मंगलवार

लकरमा गोली फेला परेपछी पक्राउ परेका एमाओवादी सभासद् ल्हारक्याल लामाले आफ्नो स्वास्थ्य ठीक नभएको भन्दै पोलिग्राफ गर्न अस्विकार गरेका छन् । ‘पोलिग्राफ’ झुटो पत्ता लगाउने मेशिन हो । अनुसन्धानका क्रममा अभियुक्तको शरीरका विभिन्न भागमा पोलिग्राफ जोडेर बयान लिँदा झुटो बोलेमा पोलिग्राफमा उत्पन्न हुने भाईब्रेसनको आधारमा झुटो प्रमाणित हुन्छ ।

lyarkyal

बयानका क्रममा मंगलबार ल्हारक्याललाई प्रहरी हेडक्वार्टमा पोलिग्राफ गर्न लगिएको थियो । ‘उहाँले पोलिग्राफ गर्न अस्विकार गर्नुभयो,’ अनुसन्धानमा संलग्न एसपी प्रधुम्न कार्कीले रातोपाटीसँग भने, ‘उहाँले आफ्नो स्वास्थ्यमा सामान्य समस्या रहेको भन्दै पोलिग्राफ अस्विकार गर्नुभयो ।

LIVE TV