२ चैत्र २०७२, मंगलवार

दोलखा-एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन अबस्थामा मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण गएर आइस ब्रेक गरेको जिकिर गनुृभएको छ । साथै उहाँले अब हुने चिन भ्रमण पनि डेलिकेशनका रुपमा रहेको बताउनु भएको छ ।

prachanda-in-tarai

एकीकृत नेकपा माओवादी अध्यक्ष दाहालले मुलुकको संबिधान निर्माण गरेर जनताले दलहरुलाई सम्मान र पुरस्कृत गरेपनि भारतले भने नाकाबन्दि गरेर दण्डित गरेको बताउनुभयो । उहाँले बिश्वसमुदायका कारण भारत पछि हटेको दाबी पनि गनुभयो । दाहालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक भएको समेत औल्याउनुभयो ।

दोलखा जिल्लाको चरिकोटमा हाम्रो रेडियो १०३.४ मेगाहर्जको नवौं बार्षिकोत्सवको अबसरमा एकीकृत नेकपा माओवादी अध्यक्ष दाहालले काग्रेसको अधिवेसन सकिएकोले राष्ट्रिय एकताका लागि छलफल भइरहेको बताउनुभयो । नेपालको संविधान सबैभन्दा प्रगतिशिल भएको दावी गर्दै उहाँले संविधानले गणतन्त्र धर्मनिरपेक्षता, संघियता लगायतका बिषयलाइ सम्वोधन गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट ब्यापार विविधिकरण र परनिर्भरता घटाउने बिषयमा महत्वपूर्ण उपलब्धी  हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

 

LIVE TV