२ चैत्र २०७२, मंगलवार

नेपालकै पुराना पुस्तकालयहरु मध्यको एक बागलुङको विद्यामन्दिर पुस्तकालय अत्याुधनिक विद्युतीय पुस्तकालयका रुपमा  संञ्चालन आएको छ  । विक्रम सम्बत २००३ सालमा घरेलु उद्योग संग्रालयका रुपमा स्थापना भएको उक्त पुस्तकालय आधुनिक प्रबिधिको विकाससँगै ७० बर्षपछि सोमबारबाट विद्युतीय पुस्तकालय ई लाइब्रेरीका रुपमा  सञ्चालनमा आएको हो ।

e libery

यो पुस्तकालयमा सबै विधाका १४ हजार भन्दा बढी पुस्तक संग्रहित रहेको छ । पुस्तकालयमा आउने पाठकहरुको सुझाव र ईच्छा अनुसार नै समय अनुकुल पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रुपमा  विकास गरिएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

हाल १४ हजार भन्दा बढी बिभिन्न विधाका पुस्तक रहेको पुस्तकालयका सबै पुस्तक तत्कालै कम्प्युटरमा भने पढ्न पाइने छैन  । अहिलेका लागि लाइबे्ररी फाउडेशनले प्रदान गरेको उपकरण जडित कम्प्युटरमा मात्र सबै पुस्तकहरु पढ्न सकिने छ । २० हजार पुस्तक राख्न सकिने उपकरणमा ९ हजार स्वदेशी तथा विदेशी पुस्तक रहने छन् । केही समय भित्रनै पुस्तक संख्या समेत पढाइने पुस्तकालयका सचिव राम थापा अबिरलले बताउनुभयो ।

साथै पाठकको सुबिधाको लागि पुस्तकालयमा सोलार जडान गर्ने तयारी पनि गरिउको छ । विद्युतीय पुस्तकालयमा ९ हजार स्वदेशी तथा विदेशी पुस्तक इन्टरनेटको लाइन नभएपनि कम्प्युटरमा बसेर हेर्न सकिने अध्ययक्ष राजभण्डारीले जानकारी दिनुभयो । लाइबे्ररी फाउडेशन काठमाडौँको प्राविधिक सहयोग तथा  एनआरएन यूरोपको आर्थिक सहयोगमा पुस्तकालयमा विद्युतीय पुस्तकालय सञ्चालनमा आएको हो । पुर्णरुपमा काम सम्पन्न गर्न ५ लाख लाग्ने अनुमान गरिएकोमा हालसम्म ३ लाख रुपैयाँ खर्च भैसकेको छ ।

 

पस्तकालयमा हाल दैनिक २० देखी ५० जना सम्म नियमित पाठकहरु अध्ययन गर्न आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV