२ चैत्र २०७२, मंगलवार

काठमाडौँ,  अपराध महाशाखा काठमाडौले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित दुई जनालाई  नियन्त्रणमा लिएको छ । रेडपाण्डाको दुई थान छालासहित प्रहरीले काभ्रेका दुई युवाहरुलाई मंगलवार स्वयम्भूवाट पक्राउ गरेको हो ।

red_panda

दुई लाखमा खरिद गरेर मुनाफामा विक्री गर्ने भन्दै काभ्रे महांकालका लोक विक्रम लामा र शिखर गाविसका प्रेम लामाले ग्राहक खोज्दै हिडेको सूचना प्रहरीले प्राप्त गरेपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको थियो । सुराकीको आधारमा अपराध महाशाखाको विशेष प्रहरी टोलीले मंगलवार स्वयंभूवाट उनीहरुलार्य नियन्त्रणमा लिएको प्रवक्ता सहकुल थापाले जानकारी दिनुभयो ।

उनीहरुले रेड पाण्डाको छाला २ महिना अगाडि चन्द्र राई भन्ने व्यक्तिवाट २ लाख रुपैयाँमा खरिद गरी ल्याएको प्रहरीको भनाई छ । विक्रीपश्चात राम्रै रकम हात पर्ने उद्देश्यले विक्री वितरणको लागि लिई हिंडिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाण्डौं पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV