२ चैत्र २०७२, मंगलवार

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको नाममा ठगी गर्नेहरु पक्राउ, प्रहरीलाई बदनाम गर्नेहरुलाई उम्कन नदिने सिआईबी प्रमुख सिलवालको दावी ।

cib

चर्चित र जघन्य प्रकृतिका अपराधी समातेर तारिफ कमाएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको नाम बेचेरै करोडाँै ठगी हुने गएको फेला परेको छ । आफ्नो नाम बेचेर ठगी गर्ने ८ जना भन्दा बढी अभियुक्तहरु पक्रिएपछि सिआईबी संवेदनशील भएको छ । आफ्ना सबै अनुसन्धान अधिकृत इमान्दार भएको ग्यारेन्टी आफुले दिने भन्दै सिआईबी नवराज सिलवालले प्रतिष्ठित सिआईबीको नामलाई बद्नाम गर्नेलाइ पानी मुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो ।

गोरखा केरावारी ५ घर भाई हाल बालुवाटार डेरा गरी बस्ने २९ वर्षीय प्रकाश रेग्मीले सिआईबीको नाम बेचेर ठगी गर्दै गर्दा रंगेहात पक्राउ परे । काठमाडौं धापासीका व्यवशायी जितेन्द्रबहादुर श्रेष्ठलाई सिआईबीका अधिकारीसँग राम्रो चिनजान भएको बताएर रेग्मीले लाखौँ रुपैया ठग्दै थिए । कुमारी बैकमा रहेको २५ करोडको ऋण तिर्न नसकेर व्याक लिष्टेड श्रेष्ठलाई रेग्मीले नियम विपरित ऋण लिएकाले बैंङ्किङ् कसुर विरुद्धको अभियोगमा पाँच वर्षको कारागार सजाय हुने भन्दै डर देखाई ठग्ने प्रयास गरेका थिए । सिआईबीका अधिकारीसँग राम्रो सम्बन्ध छ भन्दै पैसा लिएर ठग्दै गर्दा रेग्मी पक्राउ परे ।

रेग्मी कुबेर मर्चेन्ट फाईनान्समा ४ वर्ष काम गरेर सल्लाहकार भएका थिए । हाल रेग्मी नारायणी डेभलपमेन्ट बैंकको संचालक समेत रहेको अनुसन्धानबाट खुलेको छ ।

रेग्मी मात्र होइन सिआईबीको नाममा ठगी गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । केही महिनाअघि मात्रै काठमाडौं प्रहरीमा समेत काम गरेका पूर्व प्रहरी रुकुमका विजयप्रताप शाहले समेत सिआईबीको अनुसन्धान अधिकृत भन्दै न्यूरोडमा पाँच किलो सुन डकैती गरेका थिए । उनलाई ओखलढुङ्गा रुम्जाटारकाका राजेन्द्रराज गुरुङले सघाएका थिए । त्यसको केही समयपछि काठमाडौं बौँद्धका सोनाम लामाले सिआईबीको नाममा एक व्यपारीलाई धम्काएर झण्डै तीन लाख रुपैंया असुलेका थिए ।

यसबाहेक, सिन्धुपाल्चोकका रविन तामाङ्, संखुवासभाका तिर्थराज रेग्मी, काठमाडौं बुढानिलकण्ठका इन्द्रबहादुर खत्री लगायतका १२ जनाभन्दा बढी अभियुक्तहरु सिआईबीको नाममा डर, त्रास देखाई धम्काएर पैसा असुली गरेको अभियोगमा कारवाही भइरहेको छ ।

 

LIVE TV