२ चैत्र २०७२, मंगलवार

काठमाडौँ, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको समयमा तातोपानी नाका खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

pm kp oli
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार श्रेष्ठको प्रतिनिधित्वमा प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले चीनसँग जोड्ने एकमात्र प्रमुख नाका बन्द हुँदा देश र स्थानीयवासीलाई ठूलो मर्का परेको भन्दै नाका खोल्न प्रधानमन्त्रीले भ्रमणमा पहल गर्न आग्रह गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा नेपाल र चीनको थप सम्बन्ध स्थापित गर्नुका साथै अधिकांश नाका खोल्ने विषयमा छलफल हुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले तातोपानी नाका बन्द हुँदा नेपालको आर्थिक विकासमा ठूलो घाटा परेको भन्दै यसलाई आफूले गम्भीर रुपमा लिएको बताउनुभयो ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट तातोपानीलगायत व्यापारिक नाका बन्द भएका थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV