२ चैत्र २०७२, मंगलवार

जनकपुरमा एशियाली विकास बैंकको आर्थिक सहयोगमा एकिकृत शहरी विकास आयोजना निर्माणको काम सुरु भएको छ । आयोजनाको पहिलो प्राथमिकता रहेको ल्याण्ड फिल साईटको विवादका कारण काम रोकिएपनि सहरी विकास मन्त्रालयको निर्देशनमा परियोजना अन्तर्गत सडक र अत्याधुनिक नालाको निर्माण कार्य अगाडि बढाईएको हो ।

जनकपुर उपमहानगरपालिका एकिकृत शहरी विकास आयोजना, आयोजना कार्यान्वयन ईकाई कार्यालय जनकपुरले सडक र नाला निर्माणको टेण्डर आह्वान गरेको थियो । टेण्डर बमोजिम रु.९८ करोड ८१ लाखमानिर्माणका लागि जेड.आई.ई.सी एण्ड शर्मा जेभीकम्पनी संग सन् २०१५ डिसेम्बर २३ मा सम्झौताभएको थियो । सम्झौतामा निर्माण कम्पनीले सन् २०१७ डिसेम्बर भित्र९.२९ किलोमिटर सडक र ३२ किलोमिटर अत्याधुनिक नाला निर्माण गर्नुपर्ने उल्लेख रहेको आयोजना कार्यान्वयन ईकाई कार्यालय जनकपुरका प्रमुख इन्जिनियर गंगाप्रसाद यादवले बताउँनुभयो ।

विवादका कारण निर्माण थाल्न समय लागेका निर्माण अन्गर्तत ठेक्केदार कम्पनीले सडक तथा नालाको सर्वेको काम सम्पन्न गरिसकेको छ । जनकपुर परिक्रमा सडकसहित भित्रीबजारको ३२ किलोमिटर अत्याधुनिक नाला निर्माण पश्चात मात्र सडक कालोपत्रे गरिने सम्झौता पत्रमा उल्लेख छ । विवादका कारण ढिलो गरी निर्माण थालिए पनि जुनसुकै परिस्थितिमा सन् २०१७ डिसेम्बर भित्र निर्माण सम्पन्नगर्नु पर्ने बाध्यता रहेको जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवले बताउँनुभयो ।

आयोजनाको पहिलो प्राथमिकताका रुपमा रहेको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साईट छनोट तथा निर्माणको काम अगाडि बढ्न नसक्दा आयोजना निर्माणको काम सुचारु हुन सकेको थिएन । सन् २०१७ को डिसेम्बरसम्ममा सम्पन्न हुनुपर्ने लक्ष्यसहित एडीबीले २ अर्ब रुपैयाँ लगानी गर्न लागेको हो । आयोजना अन्तगर्त जनकपुरमा सडक कालोपत्रे, ढल निकास र फोहोर ब्यवस्थापनको काम रहेको छ । दैनिक रुपमा संकलन हुने फोहोर ब्यवस्थापनका लागि जनकपुर भन्दा १२ किलोमिटर दक्षिण पश्चिममा रहेको धनुषा निर्वाचन क्षेत्र नं ३ को फुलगामास्थित गुठी संस्थानको जग्गा नगरपालिकाले ५० वर्षका लागि भाडामा लिएर ल्यान्डफिल साईटको काम अगाडि बढाएको थियो । तर उक्त जग्गा विवादित बनेपछि आयोजनाले ल्याण्डफिल साईट निर्माणका लागि निजी जग्गा खरिद गर्ने प्रक्रियामा रहेको आयोजनाका प्रमुख इन्जिनियर यादवले बताउँनुभयो ।

 

 

 

LIVE TV