२ चैत्र २०७२, मंगलवार

काठमाडौँ, बैशाख १२ गते ७ दशमलव ८ रेक्टरको महाविनाशकारी भुकम्प गएको एक बर्ष बित्न लाग्यो तर भत्किएका ऐतिहासिक धरोहरहरुको पुननिर्माण भने अझै हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आफनै सहभागितामा र नेपाली जनताको खर्चमा त्यस्ता सम्पदाहरुको पुननिर्माण गर्ने भनिएपनि विभिन्न देशका कम्पनीहरुलाई पुननिर्माणको जिम्मा दिएको छ ।

nirmasan

महाविनाशकारी भूकम्पले क्षति बनाएको साँस्कृतिक महत्व बोकेका सम्पदाहरुको पुननिर्माणका लागि तात्कालीन अर्थमन्त्रीको प्रयासमा दाता सम्मेलन पनि सम्पन्न भयो । सम्मेलनमा विदेशी दाताहरुबाट चार सय चार अर्ब रुपैँया सहयोगको प्रतिवद्दता आए ।  नेपाल सरकारको मातहतमा रहेको पुरातत्व विभागले पनि पुननिर्माणका लागि आफुहरु तयार रहेको जनाएको छ । तर मन्त्रीमण्डलबाट कुनै ठोस निर्णय हुन नसक्दा अझै पुननिर्माण कार्यले गति पाउँन भने सकेको छैन । त्यस्ता सम्पदाहरुको पुननिर्माणका लागि आवश्यक अनुसन्धान र पूव तयारीहरु आफूहरुले सम्पन्न गरिसकेको प्रमुख पुरातत्व विभागका अधिकृत दामोदर गौतमले बताउँनुभयो ।

उहाँले नेपाल सरकारले आर्थिक बजेट निकासा गरिदिएको खण्डमा तत्काल पुननिर्माणका लागि टेण्डरमा जान सकिने प्रष्ट पार्नुभयो । अधिकृत गौतमले ऐतिहासिक महत्व बोकेका सम्पदाहरु र युनेस्कोमा सूचीकृत धरोहरहरुको पुननिर्माण विभिन्न दाताहरुको लगानीमा गरिने जानकारी दिनुभयो ।

गौतमका अनुसार वसन्तपुर क्षेत्र परिसरको पुननिर्माणका लागी चीन सरकारले जिम्मा लिएको छ भने स्वयम्भु क्षेत्रपरिसरको जिम्मा श्रीलङ्काले लिएको छ । ऐतिहासिक धरोहरहरुको पुननिर्माण गर्ने भन्दै सरकारले विभिन्न राष्ट्रिय संकल्पहरु धेरै अघि नै गरेको भए पनि लामो समयसम्म पुननिर्माण नहुँदा सर्वसाधारणहरु भने अन्यौलमै छन ।

सरकारको ढिलासुस्तीले मुलुकको पहिचानका रुपमा रहेका विभिन्न ऐतिहासिक,धार्मिक र सांस्कृतिक महत्वका सम्पदास्थलहरुको पुननिर्माणमा समेत पूरै वेवास्ता गरिरहेको जनगुनासो बढदो छ  ।

 

LIVE TV