२ चैत्र २०७२, मंगलवार

देखिने र बुझिने गरी हस्तक्षेप नगर्ने चीनप्रति नेपाल सधै सकारात्मक, नेपालको भूमी आफुविरुद्ध प्रयोग नहोस् भन्नेमा चीन सधै चनाखो ।

Nepal-China

करिव १४५० किलोमिटरको सीमा जोडिएको नेपालको महत्वपूर्ण छिमेकी चीनवारे नेपालमा धेरै सकरात्मक धारणा रहेको पाईन्छ । अर्को छिमेकी मुलुक भारतले जस्तो देखिने र बुझिने गरी हस्तक्षेप नगर्ने रणनीतिले गर्दा पनि नेपालमा चीनवारे सकरात्मक धारणा रहेको स्थिती छ । तर नेपाल चीन मामिलाका जानकारहरु चीनले पनि आफ्ना चासोहरु सम्वोधन गर्न चर्को दवाव दिने गरेको बताउँछन् ।

नेपाल र चीनबीचको कूटनीतिकरुपमा औपचारिक सम्वन्ध कायम भएको ६० वर्ष पुगेपनि अनौपचारिकरुपमा सुमधुर राजनीतिक, आर्थिक एवं सास्कृतिक सम्वन्धको इतिहास निकै लामो छ । भनिन्छ इशापूर्व आठौं शताव्दीतिर पनि चिनिया सरकारी प्रतिनिधीहरु, व्यापारी र अनुसन्धानकर्ताहरु नेपाल आएका थिए । चिनियाहरुले नेपालको लुम्विनी, सगरमाथा र संस्कृतिवारेमा थुप्रै ऐतिहाशिक कृतिहरु प्रकाशित गरिसकेका छन् ।

सन् १९४९ मा चीनमा जनगणतन्त्र स्थापना भएपछि माओ शेतुङ्ग नेतृत्वको चिनिया सरकारले नेपाल नीतिवारे प्रस्ट धारणा राख्दै नेपालको सार्वभौमिकता र स्वतन्त्रता विरुद्ध नलाग्ने र नेपाललाई अप्ठ्यारो पर्दा चीन सदा साथ रहेको सन्देश दिएको थियो । माओको नेपाल नीतिलाई वर्तमान सी जीनपीङ्ग नेतृत्वसम्म आई पुग्दासम्मपनि चीनले अनुसरण गरेको पाईन्छ ।

नेपाल र चीन मामिलाका अध्येताहरु नेपालमा माओवादीको सशस्त्र संर्घषमा भारतीय र पश्चिमाहरुको बलियो साथ रहेको स्पष्ट बुझिसकेपछि र त्यो गठवन्धन आफु विरुद्ध आउन सक्ने सूचना प्राप्त भएपछि चीनले नेपालमा आन्तरिक निगरानी ह्रवात्तै बढाउन थालेको हो प्रकट वा अप्रकट दुवैरुपमा । नेपालको भूमि आफु विरुद्ध प्रयोग नहोस् भन्ने किसिमको सुरक्षा चिन्ता जुन विभिन्न आवरणमा प्रकट हुने गर्दछ, यो नै चीनको पहिलो चासो र प्राथमिक विषय भएको जानकारहरु बताउँछन् ।

मुख्य गरी चीनले तिव्वत मामिलासंग जोडिएको सुरक्षा चासो, नेपालका दलहरुको आफु विरोधी तत्वहरुसंगको साठगाठ र नेपालमा अनावश्यकरुपमा पश्चिमा संगठनहरुको उपस्थिती नरहोस भन्ने चीनको चाहना रहेको परराष्ट्र मामिलामा जानकारहरुको भनाई छ ।

चीनको नेपालजस्तो १४ मुलुकहरुसंग सीमाना जोडिएको छ । ती मध्येपनि नेपाल, भूटान, म्यानमार लगाएत केही मूलकहरुको सीमालाई चीनले संवेदनशील मान्दै आएको छ । भलै ती मुलुकहरुवाट चीनले आर्थिक मामिलामा ठूलै लाभ नलियोस् ।

चीन मामिलाका जानकारहरु नेपालमा संघीयताको मुद्दालाई आधार बनाएर व्यापकरुपमा भईरहेको चीन विरोधी गतिविधीलाई चीनले चनाखोपूर्व निगरानी गरिहेको छ । त्यस धारलाई रोक्नको लागि चीनले नेपालका उच्च सुरक्षा अधिकारीहरुसंग समेत तालमेल गरेर निगरानी नै  गरिरहेको बताईन्छ । बहुसंख्यक नेपाली जनताको चाहना विपरित नेपालमा संघीयता लादिनुलाई चीनले आफु विरोधी शक्तिहरुको संयन्त्रकोरुपमा लिएको चीनको चर्चित पत्रिका ग्लोवल टाईम्सले केही समय पहिले सम्पादकीयमा उल्लेख गरेको थियो ।

जे होस् कुनै बेला कम देखिने र कम बोल्ने चीन विगत केही वर्षयता खरो नभएपनि खुलेरै कुरा राख्ने भएको छ । नेपाली भूमि आफु विरुद्ध प्रयोग हुन नदिन नेपाललाई चाहिने सवै किसिमका सहयोगहरु प्रदान गर्न चीन तम्तयार देखिएको छ ।

नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी चीनको नेपाल चासोलाई सम्वोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कति हदसम्म सफल हुनेछन् त्यो हेर्न केही दिन कुर्नु पर्नेछ ।

 

 

 

LIVE TV