
मंगलवार नेप्से परिसुचक ० दशमलव ६५ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ३ सय १२ दशमलव ५८ अंकमा कारोवार भएको छ ।
काठमाडौँ, मंगलवार विमा र बैंकिङ समुहको परिसुचक उकालो लाग्दा नेप्से बजार सामान्य उकालो लागेको हो । सो दिन बीमा सुमह ७१ दशमलव ७३ अंक र बैंक समुहको परिसुचक ० दशमलव ५ अंकले उकालो लागेको छ । यी वाहेक सवै समूह ओरालो लागेको छ । मंगलवार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी २७ दशमलव ०४ अंकले घटेको छ । त्यस्तै होटल समुह ५ दशमलव ६८, विकास बैंक ४, फाइनान्स समुह ३ र अन्य समुहको परिसुकच १ दशमलव ७ अंकले बढेको छ । सो दिन कारोवारमा आएका १ सय २० कम्पनीको ११ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलवार सेयर बजारमा ७३ करोड ८४ लाख कारोवार भएको छ ।