२ चैत्र २०७२, मंगलवार

सिर्जनाबापतको लेखकस्व स्रष्टालाई नयाँ ढंगबाट वितरण गरिने सूचना तथा सञ्चारमन्त्री शेरधन राईको भनाई, लेखकस्वका लागि स्थायी संयन्त्र निर्माण गरिने ।Sanchar-mantri-sher-dhan-Rai

काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्रष्टाका सिर्जना बापतको लेखकस्व नयाँ ढंगबाट वितरण गरिने बताउनुभएको छ । उहाँले विधागत रुपमा स्रष्टालाई परिचयपत्र दिएर लेखकस्व वितरण गरिने  जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्, विकास समितिको बैठकमा मन्त्री राईले रोयल्टी संकलन तथा वितरण कार्य नयाँ ढंगबाट गर्न र विधागत परिचय वितरणका लागि मन्त्रालयले मापदण्ड तयारी गरिरहेको बताउनुभयो ।

राज्यको ढुकुटीबाट नभई आफ्नै सिर्जना बापतका केही अंश लेखकस्वका रुपमा आफूहरुले पाउनुपर्ने र दूरसञ्चार प्रदायक निकायबाट एक मुष्ट रुपमा लेखकस्व दिने व्यवस्थालाई पुनर्विचार गर्न कार्यक्रमका सहभागी विभिन्न क्षेत्रका स्रष्टाले मन्त्रीसमक्ष माग राखेका थिए ।

सञ्चार सचिव दिनेशकुमार थपलियाले लेखकस्व मापदण्ड प्रतिवेदन, २०७२ लाई कार्यान्वयन गर्न स्थायी संयन्त्र निर्माण गर्न लागिएको र स्रष्टा परिचयपत्र वितरणसम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयका सचिव प्रेमकुमार राईले प्रतिलिपि अधिकार ऐन र नियमावली कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको वताउनुभयो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले लेखकस्व सङ्कलन समाजमार्फत एक मुष्ट रुपमा प्रदान गरिँदै आएको लेखकस्वलाई अब स्रष्टालाई व्यक्तिगत रुपमा वितरण हुने व्यवस्था मिलाउन तीन महिनाभित्र उपकरण जडान गर्न लागिएको जानकारी दिनुभयो ।

 

LIVE TV