१३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण भोलि हुने



प्रकाशित मिति : Mar 15, 2016

काठमाडौँ,  नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण भोलि हुने भएको छ ।

congress

पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधवार बेलुका ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई समितिले विजयी भएको प्रमाणपत्र दिएपछि सबैले औपचारिक रुपमा आआफ्नो पद सम्हाल्ने छन् ।

कांग्रेसमा नयाँ नेतृत्वका लागि यही फागुन २३ गते भएको निर्वाचनका सबै पदको मतगणना सोमबार बेलुका मात्र सम्पन्न भएको थियो । कांग्रेसमा महाधिवेशन अन्तर्गत सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्यका लागि निर्वाचन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com