२ चैत्र २०७२, मंगलवार

काठमाडौँ, केरुङ नाका व्यवस्थित नभएसम्म तातोपानी नाका खोल्नु पर्ने चीनका पूर्वराजदूत टंक कार्कीको भनाई, प्रधानमन्त्रीको आग्रहपछि चीनले तातोपानी नाका खोल्ने विश्वास ।

pm kp china

चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले केरुङ नाका ब्यवस्थित नभएसम्म तातोपानी नाका खोल्नुपर्ने बताउनु भएको छ । चीनसंगको ब्यापार नियमित गर्न तातोपानी नाका खोल्नु अनिवार्य रहेको उहाँले बताउनुभयो ।

पूर्व राजदूत कार्कीले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला केरुङ नाका ब्यवस्थित नभएसम्म तातोपानी नाका खोल्न चीनिया नेतृत्वलाई आग्रह गर्नुपर्ने बताउनु भयो । नेपाललाई आवश्यक सामग्री आयात गर्न केरुङबाट सम्भव नभएकाले तातोपानी नाका खोल्नुपर्ने उहा“को भनाइृ छ । प्रधानमन्त्री ओलीको आग्रहपछि चीनले सहजरुपमा तातोपानी नाका खोल्ने कार्कीको विश्वास छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा पारवहन सन्धीसंगै पेट्रोलियम पदार्थ आयत गर्न ब्यापार सम्झौता गर्नुपर्ने कार्कीले बताउनुभयो ।

 

LIVE TV