
भ्रष्टाचारमा सजाय पाएका खुमबहादुर केन्द्रीय सदस्य चुनिएपछि सामाजिक सञ्जालमा आलोचना, जीतसंगै खड्का राजनीतिका चतुर खेलाडी भएको प्रष्ट ।
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा नेता खुमबहादुर खड्का विजयी भएपछि समाजिक सञ्जाल ट्वीटरमा विभिन्न खालका प्रतिक्रिया आएका छन् ।
खुमबहादुर खड्का भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल सजाय खेपेका नेता हुन् । १३ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनी धेरै मत ल्याउने दोस्रो नम्बरमा छन् । शीर्ष स्थानमा रहेका शेखर कोइरालाभन्दा खड्का दुई मत मात्र पछि छन् । खड्काको दबदबा कायमै रहनुले राजनीतिक परिपाटिमा चर्चामा रहनु विजयका लागि सकारात्मक देखिएको छ । हिन्दु राष्ट्रको पक्षमा अभियान चलाएका उनले कांग्रेसभित्र आफू शक्तिशाली छु भन्ने कुरालाई प्रमाणित गर्दै आएका छन् ।
दाङको सतबरिया गाविस–६ गोजेनाका खुमबहादुर खड्का नेपाली राजनीतिका चतुर खेलाडी भएको कांग्रेस १३ औँ महाधिवेसनबाट प्रष्ट भएको छ ।