२ चैत्र २०७२, मंगलवार

म्युजिक भिडियोबाट फिल्मि करीयर सुरु गरेकी नायिका अनु शाह अहिले नेपाली फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नायिकाको रुपमा चिनिन्छ । फिल्ममा काम गर्नुअगाडि अनुले फिल्मको स्क्रीप्टका साथै आफ्नो अपोजिट हेरेर मात्र फिल्म गर्ने बताउँछिन् । अनु अभिनित फिल्म लक्ष्य यसै साता देखि दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्म लक्ष्यमा अनुले पत्रकारको भुमिकामा अभिनय गरेकी बताईन् ।
vlcsnap-2016-03-15-15h04m07s020
चैतको ५ लाई रिलीज डेट तोकेको फिल्म लक्ष्य लाई ओम लाल गुरुङको निर्माणमा मिलन आले मगरले निर्देशन गरेका छन् । फिल्मलाई मनोरञ्जनात्मक जन्र्मा राखिएको निर्माण पक्षले जनाएका छन् । फिल्ममा पुराना कलाकारहरु देखि लिएर नयाँ कलाकारहरु सम्मको अभिनय देख्न पाईने भएको छ । जस्मा सुनिल थापा र अर्जुन जंग शाहिका साथै सबिन श्रेष्ठ, अनु शाह, सारीका केसि लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म लक्ष्यका निर्देशक मिलन आले मगरको लागि पनि बिशेष फिल्म रहेको छ । निर्देशक मगरको लक्ष्य फिल्म उनको लक्ष्य रहेको बताउँछन् । निर्देशक मगरका अनुसार फिल्म लक्ष्य एक अर्गानिक फिल्म रहेको छ । सुशिल पंगेनीले फिल्म ‘लक्ष्य’को कथा लेखेका हुन् । त्यस्तै फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

vlcsnap-2016-03-15-15h10m51s623

vlcsnap-2016-03-15-15h11m33s443

प्रतिक्रिया दिनुहोस्

LIVE TV