२ चैत्र २०७२, मंगलवार

पूर्वी पहाडी जिल्ला भोजपुरमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु भएको छ ।

voters-identity-card-640x250
सोमबारदेखि भोजपुरको दुई नगरपालिका र ५२ गाविसमा मतदाता नामावली सङ्कलन गर्ने, त्रुटि सच्चाउने र अद्यावधिक गर्ने कार्य सुरु गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जानकारी दिएको छ ।

पहिलो चरणमा भोजपुरका ३२ वटा गाविसलाई समेटिने छ । पहिलो दिन भोजपुरको तिम्मा, रानीवास, जरायोटार र दोभाने गाविसमा कार्यक्रम सञ्चालन गरिएको छ । यो अभियान चैत २९ गते सम्पन्न हुने बताइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV