२ चैत्र २०७२, मंगलवार

फिल्म ‘हाउ फन्नि’को प्रोमोले राम्रो चर्चा पाउँदै गर्दा शिरैमा शिरबन्दि.. बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक शिरैमा शिरबन्दि बोलको गीतमा लिड अभिनेत्री प्रियंका कार्की फिचरिङमा छिन् । जहाँ प्रियंकालाई गाउँले परिवेशकी युवतीको भूमिकामा देख्न सकिन्छ ।
012
सार्वजनिक गीतमा प्रियंकालाई नेपाली फिल्मका पुराना हिट गीतहरुसँगै अभिनेत्रीहरुकै शैलीमा प्रस्तुत गरिएको छ । पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस फिल्मलाई निलु डोमा शेर्पा ले निर्देशन गरेकी हुन्। फिल्ममा दयाहाङ राई , प्रियंका कार्की , निशा अधिकारी, केकी अधिकारी, अनुप बिक्रम शाही, विजय बराल, शिशिर राना लगायत मुख्य भूमिकामा छन् । फिल्म बैशा १० गते बाट दर्शक माझ प्रस्तुत हुदैछ ।
गीतमा शब्द तथा संगीत वसन्त सापकोटाको छ भने स्वर मेलिना राईको छ । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी छिन् ।

LIVE TV