२ चैत्र २०७२, मंगलवार

पोखरा- यहाँको ब्यस्त बजार नागढुङ्गास्थित सभ्यता मनि ट्रान्सफरबाट पेस्तोल देखाएर ६ लाख ४५ हजार ५ सय लुटेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् ।

Loot-Money_Transfer-Pokhara_777098401
सभ्यता मनि ट्रान्सफरका कर्मचारीलाई पेस्तोल देखाएर झोलामा पैसा राख्न लगाइ पैसासहित भाग्दै गर्दा एक युवा समातिएका हुन् ।

स्थानीयको सहयोगमा सुनसरी घर भई हाल पोखराको रामबजारमा बस्ने प्रशान्त थापामगरलाई पेस्तोलसहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिए ।
ग्राहकको भेषमा गएका तीनजना लुटेराले लुटपाट गरेका थिए । लुटपाट भएपछि मनि ट्रान्सफरका कर्मचारीले हारगुरहार गरेका थिए ।
एकजना लुटेरालाई स्थानीयले समातेर प्रहरीलाई बुझाए पनि दुईजना फारर छन् । पोखरामा उच्च सुरक्षाकासाथ सार्क विदेश मन्त्रीस्तरीय बैठक भइरहेका बेला पोखरा विमानस्थल नजिकैको ब्यस्त बजार नागढुङ्गामा लुटपाट भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV