२ चैत्र २०७२, मंगलवार

जनस्वास्थ्य कार्यालय म्याग्दीको आन्तरिक विवादले जिल्लाभरिको स्वास्थ्य सेवा प्रभावित, औषधि वितरण, सुत्केरी महिलोको सुविधा र कर्मचारीको तलवसम्म रोकियो ।

Jilla-Hospital-Magdi

जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीको कमजोर ब्यवस्थापन र आन्तरिक विवादले स्वास्थ्य सेवा अस्तब्यस्त भएको छ । अस्पताल र जनस्वास्थ्य विभागमा देखिएको विवादले ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा औषधी, राष्ट्रिय अभियान हात्तिपाइले रोग विरुद्धको औषधी, स्वास्थ्यकर्मीको तलवभत्ता, सुत्केरी महिलाले पाउने सुविधा सहित महत्वपुर्ण काम समेत रोकिएको छ । शनिबार देखी खुवाउनुपर्ने हात्तिपाइलेको औषधी समेत स्टोरमै थन्किएको छ भने अभिमुखिकरण सहितका कार्यहरू समेत प्रभावित भएको छ ।

गत फागुन ११ गते जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले जनस्वास्थ्य कार्यालयमा आफु निकट कर्मचारीलाई जिम्मेवारी थपिदिएपछि चर्किएको विवादले राष्ट्रिय अभियान सहित दुर्गम क्षेत्रमा अत्यावेशक औषधी समेत पुग्न सकेको छैन् । विवाद र प्रक्रिया नपुगेका कारण खाता संचालनमा देखिएको समस्याले अभियान रोकिएको जनस्वास्थ्यका कर्मचारीको भनाई छ । म्याग्दीमा एकलाख जनालाई हात्तिपाइले रोगको औषधी खुवाउने लक्ष्य रहेको थियो । खाता संचालनमा देखिएको विवादका कारण दुर्गमक्षेत्रबाट तालिम लिन आएका महिला स्वयंमसेविकाले समेत आफ्नै खर्च प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । जनस्वास्थ्यलाई अलग गराउन विना छलफल र प्रक्रिया पुरा नगरी केही कर्मचारी लागेपछि समस्या भएको लेखा अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।

जनस्वास्थ्य अधिकृत चौधरीले नियमित कार्यक्रमको जिम्मेबारी लिएकालाई आफुँ अनुकुल काम नगरेको भन्दै पन्छाएर आफुँ निकटलाई जिम्मेबारी सुम्पिएपछि विवाद चर्किएको हो । यता जिल्ला अस्पतालका निमित्त प्रमुख लेखा अधिकृत रामप्रसाद शर्माले जनस्वास्थ्य छुट्टिएको पत्र प्राप्त नभएको बताउनुभयो । उहाँले जनस्वास्थ्य अधिकृत चौधरीले सातौ तहको कर्मचारी भएको र जनस्वास्थ्यमै आठौ तहका कर्मचारी भएकाले समेत तल्ला तहका कर्मचारीको नेतृत्वमा बस्न नसकिने बताउनुभयो । त्यस्तै विवादले जिल्लाभरका कर्मचारीको तलवभत्ता समेत रोकिएको छ । विना योजना र विना जानकारी छुटिएर ग्रामिण क्षेत्रमा कार्यरत कर्मचारी समेत आश्चर्य सकित  परेको प्राथमिक स्वास्थ्य केन्द्र दरवाङकी अनमी लक्ष्मी मल्लले बताउनुभयो ।

फागुन महिनाको तलवका साथै केन्द्रबाट विरामीलाई दिनुपर्ने सुविधाको ब्यवस्थापन गर्न समेत समस्या भइरहेको छ । तत्काल समस्याको समाधान नगरे जिल्लाबासीलाई असर गर्ने जनस्वास्थ्यमै कार्यरत भिमप्रसाद आचार्यले बताउनुभयो ।

म्याग्दीमा रहेका स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीले तत्काल तलबभत्ता निकासा नभए आन्दोलनको चेतावनी समेत दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV