२ चैत्र २०७२, मंगलवार

चैतको ५ लाई रिलीज मिति तोकेको फिल्म ‘भाग सानि भाग’ शुद्ध नेपाली फिल्म रहेको फिल्मका निर्माता चेतन सापकोटा बताउँछन् । मिडियाहरुमा ‘भाग सानि भाग’ फिल्म बलिउड फिल्म भाग मिल्खा भाग सँग मिल्दो जुल्दो छ भन्ने कोलाहलहरु आईरहँदा ‘भाग सानि भाग’ फिल्मका निर्माता सापकोटाले नाम मिल्नु संयोग मात्र रहेको बताउँछन् । निर्माता सापकोटाका अनुसार ‘भाग सानि भाग’ फिल्ममा सबै कथाबस्तुमा नेपालीपन रहेको छ । बलिउड फिल्म भाग मिल्खा भाग सँग कुनै सम्बन्ध नरहेको उनको भनाई रहेको छ । गाउँकी एक महत्वकांक्षी सानीलाई आफ्नो बभिष्या निर्माणको दौरानमा उनि भागिरहेकी छिन् । तर यो बलिउड फिल्म भाग मिल्खा भाग जस्तो खेल सम्बन्धि नरहेको निर्माता सापकोटाले बताउँदै ‘भाग सानि भाग’ फिल्म एक नेपाली सानीको कथा रहेको प्रष्ट पारे ।
00012
‘भाग सानि भाग’ फिल्मलाई धेरै बर्ष संगीतमा अनुभव बटुलेका संगीतकार चेतन सापकोटाले निर्माण गरेका हुन् । सामाजिक कथाबस्तुमा आधारीत रहेको फिल्म ‘भाग सानि भाग’मा केकी अधिकारी,सरोज खनाल,सबिन श्रेष्ठ,जीबन लुईटेल, रमेश उप्रेति लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । यसै चैतको ५ मा प्रदर्शन हुने ‘भाग सानि भाग’ फिल्मलाई नबल नेपालले निर्देशन गरेका हुन् । साथै फिल्ममा रहेको नृत्य निर्देशन भने कबिराज गहतराजले सम्हालेका छन् ।
bhag-saani-bhag2nd

प्रतिक्रिया दिनुहोस्

LIVE TV