
द्धन्द्धकालमा ध्वस्त भएका बाँकेका प्रहरी चौकीहरु अझै पुर्नस्थापित हुन सकेन, शान्तिसुरक्षाको अवस्था बिग्रिएको भन्दै स्थानीयहरु चिन्तित ।
सशस्त्र द्वन्द्वका बेला बाँकेमा ध्वस्त भएका अधिकाशं प्रहरी चौकीहरु पून निर्माण नहुँदा जनताले शान्ति सुरक्षा महसुस गर्न सकिरहेका छैनन् । दश बर्षे सशस्त्र द्धन्द्धमा तत्कालीन नेकपा माओवादीको आक्रमणबाट ध्वस्त भएका बाँकेका २४ वटा प्रहरी चौकी मध्ये अहिले सम्म ६ वटा मात्रै प्रहरी चौकी पूनःनिर्माण भएका छन् ।
द्धन्द्धकालमा ध्वस्त भएका मध्ये १७ वटा प्रहरी चौकी अझै पुननिर्माण नहुँदा बाँके सुरक्षा व्यवस्था सहज हुन नसकेको हो । बाँकेमा ४ वटा गाउँविकास समिति, कृषि भवनमा एउटा, भाडाको घरमा ३ वटा प्रहरी चौकी सञ्चालनमा रहेका छन् । सशस्त्र द्वन्द्वकालमा ध्वस्त भएका प्रहरी चौकीहरु पून निर्माण नहुँदा स्थानिय बासीन्दाहरुलाई समस्या हुने गरेको छ । प्रहरी चौकीहरु भाडामा बस्दा प्रयाप्त कोठाहरु नहुँदा प्रक्राउ गरेकाहरुलाई राख्न समेत समस्या पर्ने गरेको छ । घर नजिकै चौकी नहुदाँ समस्या परेको नौवस्ता गाउँविकास समिति वडा नम्बर ६ का खड्गबहादुर खड्काको भनाई छ ।
शान्ति पूनस्थापनाको लामो समय बिति सक्दा समेत ध्वस्त भएका प्रहरी चौकी पुनरनिर्माण नहुँदा गाउँघरमा हुने घरेलु हिसां, यौन दुव्यवहार, बलात्कार जस्ता घटनाहरु उजुरीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर वा जिल्ला प्रहरी कार्यालय नेपालगन्ज जानुपर्ने बाध्यता रहेको मेलमिलाप केन्द्र नौवस्ताकी कल्पना थापा मगरले बताउनुभयो ।
समयमै प्रहरी चौकी पुननिर्माण हुन नसकिरहेको अवस्थामा जनतालाइ शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीहरु आफै असुरक्षित र काम गर्न असहज भइरहेको बनकटवा प्रहरी चौकीका ईन्चार्ज विश्वराज अधिकारी बताउनुहुन्छ ।
भवन अभावका कारण पनि प्रहरीले दिने शान्ति सुरक्षाका लागि आफूहरु दत्तचित्त भई सेवामा खटिइरहेको बाँकेका प्रमुख एसपी टेकबहादुर राईको भनाई छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतका अनुसार मध्यपश्चिम क्षेत्रमा द्वन्द्वकालमा २२४ वटा प्रहरी चौकी ध्वस्त भएका थिए । ति मध्ये ५२ वटा प्रहरी चौकी पुन निर्माण भइसकेका छन् भने ४४ वटा भवन पुनःनिर्माणको प्रक्रियामा रहेका छन् ।