२ चैत्र २०७२, मंगलवार

भूकम्पले विस्थापितका लागि रसुवाका विभिन्न ठाउँमा एकीकृत बस्ती बनाइने, पुनःनिर्माण राहत वितरणको लागि ४ स्थानमा वितरण केन्द्रको सिफारिस

ekikrit-basti

काठमाडौँ,  बैशाख १२ को भूकम्पपछि विस्थापित परिवारलाई सुरक्षित आवास दिलाउन रसुवाका विभिन्न ठाउँमा एकीकृत बस्ती बसाल्न प्रस्ताव गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय बमोजिम विस्थापित परिवारलाई एकीकृत बस्ती बसाल्न प्रस्ताव गरिएको हो ।

लहरेपौवा गाविसको नौबिसे र बोगटीटार, सरमथलीको पारच्याङ र पाटीखर्क र भोर्लेको लामाचेत सिफारिस भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । यस्तै, भूकम्प पीडितलाई सरकारले उपलब्ध गराउने पुनःनिर्माणको राहत वितरणको लागि जिल्लाका चार स्थानमा वितरण केन्द्र बनाउन सिफारिस भएको छ । प्रस्तावित चार केन्द्रमा ग्रामीण भूकम्पपीडितमध्ये लहरेपौवा, डाँडागाउँ, ठूलोगाउँ र सरमथलीका लागि बेत्रावतीस्थित हिमालयन बैंक, भोर्ले, धैबुङ, यार्सा गाविसका लागि कालिकास्थानस्थित आइसिएफसी फाइनान्सलाई प्रस्ताव गरी पठाइएको छ ।

त्यस्तै, धुन्चे, हाकु, राम्चे र लाङटाङ क्षेत्रका लागि धुन्चेमा रहेका बैंक र स्याफ्रु, गोल्जुङ, चिलिमे र गत्लाङका लागि स्याफ्रुबेँसीमा रहेको मेगा बैंकमार्फत भुक्तानी दिन केन्द्रमा सिफारिस गरी पठाइएको दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV