२ चैत्र २०७२, मंगलवार

फागुन २३ मा आत्महत्या गरिएकी भनिएकी त्रिवेणी ६ कि निर्मला वि.क.को हत्या नै भएको दावी,बुढाथोकीको हिरासतमा झुण्डिएर आत्महत्या भयो भन्दै झुण्डिएको कुनैपनि प्रमाण नदिनु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन जारी रहने

salyaan

सल्यान–निर्मला विक र गोपिलाल बुढाथोकीका हत्यारालाई कारवाही नभएको भन्दै मृत्तकका आफन्तहरुले अनिश्चितकालिन जिल्ला बन्द गराएका छन् ।संघर्ष समिति गठन गरी संगठित आन्दोलनमा लागेका पिडितहरुले गरेको बन्दले सल्यानको जनजिवन प्रभावित बनेको छ । बन्दका कारण सल्यानका बजार, शिक्षणसंस्था, यातायात, कलकारखाना पूर्ण रुपमा प्रभावित बनेका छन् । यद्यपी अहिलेसम्म बन्द शान्तिपूर्ण नभएको र कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

फागुन २३ मा आत्महत्या गरिएकी भनिएकी त्रिवेणी ६ कि निर्मला वि.क.को हत्या नै भएको दावी गरेका छन् । यस्तै उनिहरुले सोहि घटनामा जोडिएका ५२ बर्षिय गोपिलाल बुढाथोकीको हिरासतमा झुण्डिएर आत्महत्या भयो भन्दै झुण्डिएको कुनैपनि प्रमाण नदिनु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन जारी रहने संघर्ष समितिका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिए । आन्दोलनकारीहरुले परिवारलाई १० लाख क्ष्ाितपूर्ति दिनु पर्ने माग गरेका छन् ।

आन्दोलनकारी र प्रशासनबिच कुरा नमिल्दा विगत चारदिन देखि बुढाथोकीको शब परिवारले बुझेका छैनन् । उनको शव अझै जिल्ला अस्पताल कार्यालयमा रहेको छ । चारदिनसम्म शब परिवारले नबुझ्दा शब सड्न थालेको र गन्हाउन थालेको समेत अस्पतालले स्रोतले जनाएको छ । शव राख्ने उचित व्यवस्था नहुँदा यदि अर्को शब आइ पोष्टमार्टम गर्नु परेमा राख्ने ठाउँसमेत नभएको अस्पतालको भनाई रहेको छ । उता हिरासतमा आत्महत्या गरिएका भनिएका गोपिलाल बुढाथोकीको अनुसन्धान गर्न क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायम उपरिक्षक माधव श्रेष्ठको नेतृत्वमा ३ सदस्सीय छानविन समिति गठन गरेको छ । छानविन टोलीमा क्षेत्रबाट नै प्रहरी निरिक्षक बिजुलीनाथ योगी र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक शन्तोष रोका रहेका छन् । टोलीले सोमबारदेखि नै अनुसन्धानमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV