२ चैत्र २०७२, मंगलवार

काठमाडौँ,  मंगलवार सुन प्रतितोला ८ सय रुपैयाँले घटेर सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Gold-Final

यसअघि सोमवार ५६ हजार रुपैयाँमा कारोवार भएको थियो । त्यसै गरी मंगलवार तेजावी सुन प्रतितोला ५४ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको उत्तारचढाका कारण नेपाल बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी मंगलवार  चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ । महासंघका अनुसार मंगलवार चाँदीको भाउ प्रतितोला ७ सय २५रुपैयाँमा कारोवार भएको छ । यसअघि सोमवार चाँदीको मूल्य प्रतितोला ७ सय ३० रुपैयाँमा कारोवार भएको थियो ।

LIVE TV