२ चैत्र २०७२, मंगलवार

भारतमा जारी ट्वान्टी ट्वान्टी विश्वकपमा आजदेखि सुपर टेनका खेलहरु सुरु हँुदै, पहिलो खेलमा आयोजक भारत र न्युजिल्याड प्रतिश्पर्धा गर्दै ।

newzalande-vs-india

भारतमा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आजदेखि सुपर टेनका खेल सुरु हुँदैछ । पहिलो चरणको खेलमा दुई समूहमा बाँडिएका ८ मध्ये दुई समूहका विजेता दुई टोली सुपटेनमा पुगेका छन् ।

सुपर टेनको पहिलो खेलमा मगलबार आयोजक भारतले न्युजिल्याण्डसँग खेल्दैछ । यी दुई बिचको खेल नागपुरमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । भारत महेन्द्रसिंह धोनी र न्युजिल्याण्ड केन विलियम्सनको कप्तानीमा मैदान उत्रने छ । भारत घरेलु मैदान र दर्शकको फाइदा लिँदै प्रतियोगितामा विजयी सुरुवात गर्दै दोस्रो पटक विश्वकपको उपाधि जित्ने यात्रा तय गर्ने योजनामा छ । न्युजिल्याण्ड पनि जित निकाल्दै पहिलो पटक विश्वकपको उपाधि उचाल्ने यात्रामा आफूलाई बलियो बनाउन चाहन्छ । पछिल्ला ११ ट्वेन्टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा भारत १० मा विजयी भएको छ ।

सुपर टेनमा रहेका टोलिलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘एक’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तान छन् । अफगानिस्तान पहिलो चरणको खेलबाट समूह ‘बी’ को विजेताको रुपमा सुपर टेनमा प्रवेश गरेको हो । यस्तै सुपर टेनको समूह ‘दुई’ मा आयोजक भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, पाकिस्तान र बंगलादेश छन् । बंगलादेश पहिलो चरणबाट समूह ‘ए’ को विजेताको रुपमा सुपर टेनमा आएको हो । छैटौं संस्करणसम्म आइपुग्दा भारत, पाकिस्तान, इंग्ल्याण्ड, वेष्ट इन्डिज र श्रीलंकाले एक एक पटक उपाधि जितेका छन् ।

 

LIVE TV