२ चैत्र २०७२, मंगलवार

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको सुधारिएको प्रदर्शन जारी, गएरातिको खेलमा न्युक्यासललाई हराएर पाँच अंकको अग्रता राख्दै सिटी उपाधि नजिक

STK-vs-MC

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीले रेलिगेशन जोनको न्यु क्यासललाई १–० ले हराएको छ । सुधारिएको प्रदर्शन जारी राखेको लेस्टरले पाँच अंकको अग्रता कायम गरेको छ ।

लेस्टरको जितमा २५ औं मिनेटमा शिन्जी ओकाजाकीले गरेको गोल नै निर्णायक बन्यो । यो जितले लिसेस्टरलाई लिगका ८ खेल बाँकी हुँदा उपाधिको थप नजिक लगेको छ । न्युक्यासलको प्रशिक्षकको रुपमा पहिलो खेलमा रियल मड्रिडका पूर्व प्रशिक्षक राफेल बेनिटेजले उसको हारको श्रृँखलालाई रोक्न सकेनन् । बेनिटेज केही दिन अघि मात्रै न्युक्यासलको प्रशिक्षकमा नियुक्त भएका थिए । जित निकाल्न नसेपछि न्युक्यासलले सुधारिएको प्रदर्शन भने गरेको छ । यो जितपछि लिसेस्टरको ३० खेलबाट ६३ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको समान ३० खेलबाट ५८ अंक छ । पुछारबाट दोस्रो स्थानमा रहेको न्युक्यासलको २४ अंक छ । लिसेस्टर सिटी तेस्रो स्थानको आर्सनल भन्दा ११ तथा चौंथो स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले अघि छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV