२ चैत्र २०७२, मंगलवार

सिरियामा रहेका आफ्ना सैनिक फिर्ता बोलाउने रुसको निर्णय, सेनाले सिरियामा आफ्ना सेनाको उद्देश्य पूरा भएको राष्ट्रपति पुटिनको भनाई ।

An-S-400-Triumf-antiaircraft-missile-system

रुसले सिरियामा रहेका आफ्ना सैनिक फिर्ता लैजाने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारदेखि सिरियामा रहेका सैनिक फिर्ता बोलाउने प्रक्रिया सुरु गर्न सेनालाई निर्देशन दिएका छन् ।

रुसी सेनाले सिरियामा गरेको कारबाहीको क्रममा आफ्नो उद्देश्य लगभग पूरा गरेको राष्ट्रपति पुटिनको भनाई छ । उहाँले सिरियामा खटिएका आफ्ना सैनिको मुख्य हिस्सा फिर्ता बोलाउन निर्देशन दिएका हुन् । जेनेभामा सुरु भएको सिरिया शान्ति वार्तालाई सफल बनाउने उद्देश्यले रुसले आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेको अनुमान छ । जेनेभा वार्ताले सिरियामा गएको पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने अपेक्षा गरिएको छ । रुसले गएको वर्षको सेप्टेम्बरमा सिरियामा हवाई आक्रमण सुरु गरेको थियो ।

russya senaa

रुस सिरियाली राष्ट्रपति बसर अल असदको बलियो समर्थक रहँदै आएको छ । असदसँगको छलफलपछि नै रुसले सैनिक फिर्ता लैजाने निर्णय गरेको हो । अमेरिकासहितका पश्चिमा राष्ट्रले भने राष्ट्रपति असदको विपक्षमा रहेका समूहलाई सहयोग गर्दै आएको छ । बिद्रोहीको नियन्त्रणमा रहेका क्षेत्र फेरि सरकारको नियन्त्रणमा ल्याउने उद्देश्यले हवाई आक्रमण सुरु गरिएको र त्यसमा आफूहरु धेरै हदसम्म सफल भएको रुसी राष्ट्रपति पुटिनले दाबी गरेका छन् । आफ्ना सैनिकको सहयोगमा सिरिया सरकारले यो अवधिमा १० हजार स्क्वायर किलोमिटर क्षेत्रबाट बिद्रोहीलाई हटाउन सफल भएको रुसले जनाएको छ ।

यसले गर्दा सिरिया मुद्दामा पश्चिमा राष्ट्र र रुसबिच विवाद बढेको छ । यस्तै राष्ट्रपति असद समर्थक र उनका विपक्षीबिचको संघर्षले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसलाई आफ्ना गतिविधि तिब्र पार्न पनि सहयोग मिलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV