२ चैत्र २०७२, मंगलवार

बिद्रोही संगठन आइएसका उच्च कमाण्डर मारिएको अमेरिकाको दावी, सिरियामा भएको हवाई आक्रमणमा ओमार शिशानी मारिएको रक्षा मन्त्रालयद्वारा पुष्टि

isiss

अमेरिकाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका एक उच्च कमाण्डर मारिएको जनाएको छ । आइएसका उच्च कमाण्डर ओमार शिशानी हवाई आक्रमणको क्रममा मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।

केही समयअघि अमेरिकी सेनाले उत्तरपूर्वी सिरियामा गरेको हवाई आक्रमणको क्रममा घाइते भएका कमाण्डर शिशानीको ज्यान गएको अमेरिकी रक्षा अधिकारीले बताएका हुन् । यसअघि जर्जियाका नागरिक शिशानी आक्रमणबाट बाँच्न सफल भएको न्यूज सार्वजनिक भएको थियो । तर अहिले अमेरिकी रक्षामन्त्रालयल पेन्टागनले शिशानी मारिएको बताएको छ । उनीसँगै उनका धेरै सुरक्षागाडी पनि मारिएका छन् । गएको फागुन २१ गते भएको हवाई आक्रमणको क्रममा शिशानी घाइते भएका थिए । पछिल्लो जानकारी अनुसार उनी मारिएको पेन्टागनका प्रवक्ताको भनाई छ ।

गएको आइतबार मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले आइएसका कमाण्डर शिशानी चिकित्शकीय रुपमा केही दिन अघि नै मृत घोषित गरिएको जनाएको थियो । अमेरिकाले शिशानीको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV