२ चैत्र २०७२, मंगलवार

गाईघाट, जिल्लाको मध्य तथा पश्चिमी क्षेत्रको पहाडी गाविसमा यसवर्ष रु दुई करोड ५० लाखको अलैँची उत्पादन भएको छ ।

Onfdsf] dfOdem'jfdf cn}FrL ;'sfpFb} Ps o'jtL . clxn] oxfF cn}FrL l6Kg] r6f/f] 5 . 
tl:a/ M uf]ljGb nfld5fg], Onfd, /f;;
यस वर्ष १८ हजार ७५० किलो अलैँची उत्पादन भएको छ । जिल्लाका भुटार, नामेटार, इनामे, बराह तथा ठाना गाउँ, खाँबु, साउने पोखरी गाविसमा अहिले अलैँची उत्पादन सुरु भएको छ । यस्तै पश्चिमी पहाडी क्षेत्रको सिरिसे, मयङखु, हर्देनी, लेखानी, तावाश्री र लेखगाउँ क्षेत्रमासमेत अहिले अलँैची उत्पादन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत रामकुमार यादवले बताउनुभयो ।

कार्यालयले विगत चार वर्षदेखि रामसाई, दगोलसाई र डमरसाई प्रजातिका अलैँचीको बिरुवा वितरण गर्दै आएको छ । “यसवर्ष ३० हजार अलैँचीको बिरुवा वितरण गर्ने योजना रहेको छ” उहाँले भन्नुभयो ।

अहिले स्थानीय तहमा उत्पादित अलैँची किसानले सुनसरीको धरानमा लगेर प्रतिकिलो रु दुई हजारदेखि रु दुईहजार ५०० सम्ममा बिक्री गर्ने गरेका छन् । “बजारको कुनै अभाव छैन” खाम्बु– ५ का किसान डम्बरबहादुर मगरले भन्नुभयो । रासस

 

LIVE TV