भारतीय विदेश सचिव एस जयशंकर र मधेसी मोर्चाका नेताहरु बीच भेटवार्ता



प्रकाशित मिति : Mar 15, 2016

काठमाडौँ,   भारतका विदेश सचिव एस जयशंकरसँग मधेसी मोर्चाका नेताहरुले काठमाडौंमा भेट गरेका छन् । मोर्चाका नेताहरुले होटल द्वारिकामा बिहान ९:३० बजेदेखि एक घन्टा भेटवार्ता गरेका थिए ।
भेटघाटमा संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणकलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रीकका अध्यक्ष राजकिशोर यादव, तमलोपाका महामन्त्री, सर्वेन्द्रनाथ शुक्ल र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाको उपस्थिति थियो ।

भेटमा जयशंकरले मधेस आन्दोलन र मार्चोको पछिल्लो गतिविधि बारे जिज्ञासा राखेका थिए ।

स्रोतका अनुसार मोर्चाका नेताहरुले सरकार र ठुला दलले आन्दोलनका राजनीतिक मुद्दा सम्बोधन नगरेको, मधेस आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई नभएको र घाइतेहरु को औषधि–उपचारसमेत सरकारले नगरेको हुनाले आफूहरुले चैत मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएको जानकारी गराएका थिए ।

जवाफ जयशंकरले भारतले मधेसको समस्या चााडै समाधान होस् भन्ने चाहेको बताएका थिए । उनले मार्चोको चासो बारे आजै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँगको भेटमा कुरा राख्ने आश्वासन दिएका थिए ।

असोज ३ गते संविधान जारी हुनु २ दिन अघि भारतीय प्रधामन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा काठमाडौं ओर्लिएका जयशंकरले तत्काल नयाा संविधान घोषणा नरोके जे पनि हुन सक्ने चेतावनी तत्कालिन प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएका थिए ।

विदेश सचिव जयशंकरले आजै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com