
काठमाडौँ, भारतीय बिदेश सचिव एश जयशंकर सोमबार बेलुका काठमाण्डुं आएका छन् ।
पोखरामा हुने सार्क स्तरीय विदेश सचिवको बैठक भाग लिन उनी काठमाण्डु आएका हुन् ।
काठमाडौं आए लगत्तै विदेश सचिव जयशंकर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् ।
उनले बिहानै मधेस केन्द्रीत दलका नेताहरुसँंग काठमाण्डुं बत्तिसपुतलीस्थित एक होटलमा भेटवार्ता गरेका छन् । जयशंकरले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँंग उनको सानेपास्थित निवासमा भेट गर्दैछन । भट्टराईसंँगको भेटपछि जयशंकर नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भेटन बुढानिलकण्ठ जानेछन् ।
देउवासँंगको भेटपछि साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ताको कार्यक्रम छ । पोखरामा भोली हुने सचिवस्तरीय बैठकमा सहभागी हुन जयशंकर मंगलबार साँझ पोखरा प्रस्थान गर्नेछन् ।