२ चैत्र २०७२, मंगलवार

काठमाडौँ, सञ्चालनको दोस्रो दिन सोमबार महानगर यातायात प्रालिको मेट्रो बसमा ढुङ्गा प्रहार भएकोप्रति भत्र्सना गरिएको छ ।

bus attack
‘यात्रुहरु बसभित्र रहेको अवस्थामा अज्ञात समूहबाट भएको आक्रमणप्रति हामी दुःख प्रकट गर्दछौँ । सार्वजनिक यातायात क्षेत्रमा व्यवस्थित उदाहरण प्रस्तुत गर्ने उद्देश्यले सुरू गरिएको मेट्रो बसमाथि सेवारम्भको पहिलो दिनमै भएको आक्रमणबाट हामी दुखी भएका छौँ,’ महानगर यातायात प्रालिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चक्रपथ घुम्ने क्रममा एकान्तकुना हुँदै बल्खु आइपुगेको बा ४ ख १०६ नंको बसमा ढुङ्गा प्रहार हुँदा क्षति पुगेको थियो । प्रालिले त्यस्तो खालको अराजक व्यवहार गर्ने दोषीमाथि कारबाही गर्नसमेत माग गरेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV