२ चैत्र २०७२, मंगलवार

सप्तरी, यहाँ १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेको सङ्ख्या ८३ प्रतिशत रहेको बताइएको छ ।

baby merrige
सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बालविवाह तथा दाइजो उन्मूलन राष्ट्रिय अभियानका संयोजक राजकुमार महतोले सन् २०१५ मा गरिएको अनुसन्धानले सप्तरीमा १५ वर्षभन्दा मुनिका उमेरमा विवाह गर्नेको सङ्ख्या भने २८ प्रतिशत देखिएको बताउनुभयो ।

खासगरी दाइजो प्रथाका कारणले बालविवाहको सङ्ख्यामा वृद्धि भएको र यो समस्या तराई मधेसमा मात्रै नभई हिमाल, पहाड र राजधानी काठमाडौँमा समेत देखिएको संयोजक महतोले जिकिर गर्नुभयो ।

बालविवाह र दाइजो उन्मूलन अभियानका सदस्य रुपा झाले दहेजरुपी दानवलाई समाप्त पार्न सबै पक्षले आआफ्नो स्थानबाट आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । रासस

 

LIVE TV