२ चैत्र २०७२, मंगलवार

लहान, अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई जनालाई सिरहा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

catch
लामो समयदेखि फरार रहेका सिरहा, लहान नगरपालिका–१९ निवासी २९ वर्षीय मोहमद फिरोज राइन र जमदह गाविस–८ निवासी ३० वर्षीय महादेव यादवलाई पक्राउ गरिएको हो । दोषी राइनलाई सिरहा अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो भन्ने यादवलाई कुटपिट–अङ्गभङ्ग मुद्दामा तीन महिना कैद सजाय तोकेको थियो । फैसला सँगै दुवै जना फरार रहेका थिए ।

प्रहरीले राइनलाई सप्तरीको मौवा गाविस–२ स्थित ससुराली घरबाट तथा यादवलाई सिरहाको गोलबजार नगरपालिका–३ स्थित डेराबाट पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । दुवै जनालाई जिल्ला अदालत सिरहामा बुझाइने जनाइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV