२ चैत्र २०७२, मंगलवार

मोरङ, डिजेल तस्करी गर्ने गरेको पुष्टि भएपछि मोरङको विराटनगर–५ मा रहेको धिताल पेट्रोल पम्पमा सोमबार साँझ सिलबन्दी गरिएको छ ।

petrol-chhain-hai
राति डिजेल तस्करी गरी पूर्वका विभिन्न जिल्लामा महँगो मूल्यमा बिक्रीका लागि लैजाने गरेको सार्वजनिक भएपछि पम्पलाई बिक्री वितरणमा रोक लगाइएको हो ।

गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरको नेतृत्वमा बाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले पम्पमा शिल गरेको हो । पम्पबाट डिजेल तस्करी गर्न लागेको अवस्थामा ना४ख ४१४२ नंको ट्यांकर सहित पम्पका तीन कर्मचारी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । अभियुक्त सबैविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

घटना सार्वजनिक भएपछि पम्पका सञ्चालक मनीष मारु भने फरार छन् । उनलाई पक्राउ गर्नका लागि विशेष टोली नै परिचालन गरिएको मोरङका प्रहरी प्रमुखसन्दीप भण्डारीले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV